मधेसखबर
वीरगन्ज,१८ साउन : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा नवनिर्मित सडकको बुधबार उद्घाटन गरिएको छ ।
सडक बिभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयद्वारा बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा नवनिर्मित सडकको पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले उद्घाटन गरेका हुन् ।सांसद रौनियारकै बिशेष पहलमा उक्त सडक निर्माण भएको हो ।
सडक उदटन कार्यक्रममा जनता समाजबादी पार्टी (जसपा)का पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, जसपा नेता गौरीशंका आह , महन्थ यादव , रमेश यादव लगायतको पनि सहभागीता रहेको थियो ।
The post रामनगरीमा नवनिर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्