Menu

आजको मौसम

मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति

Author
Trilok Khabar |
August 05, 2022
Featured


मधेसखबर
वीरगञ्ज , साउन २० : आगामी मंसिर ४ गतेमा हुने भनिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सत्तारुढ पाँच दलीय गठबन्धन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेल गर्ने सहमति भएको जनाईएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको बताए ।

सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदल समेत बनेको जानकारी प्राप्त भएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन रहेका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।

 

The post मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3