मधेसखबर
वीरगन्ज,२८ साउन : बारामा धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।
महागढीमाई नगरपालिका –२ इनर्वा टोलका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँका चनरदेव भगतको धान खेतमा सिंचाई गर्दैगर्दा मोटरमा तार जोड्ने क्रममा शनिबार बिहान सवा ७ बजे करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक सुरेन्द्रको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा ल्याइएको छ । आइतबार शवको परीक्षण पछि मृत्युको बाँकी विवरण खुल्ने र मुचुल्काबाट आएका रिर्पोटको आधारमा प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
The post बारामा करेन्ट लागेर किसानको मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्