Menu

आजको मौसम

प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा

Author
Trilok Khabar |
August 14, 2022

२९ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् ।

मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् ।

मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मासहितका धर्नामा बसेका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी समायोजन गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । एक सातासम्म धर्ना दिँदा समेत संघीय सरकारले ध्यान नदिएपछि अर्काे चरणको कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सरकारले बताएको छ ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3