स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

प्रदेश प्रमुखमार्फत संघीय सरकारलाई प्रदेश सरकारको ज्ञापनपत्र

SHARE:

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रहरीको समायोजन शीघ्ररुपमा हुनुपर्ने माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । 

प्रदेश सरकारको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको ध्यानाकर्षण बुझाउने कार्यक्रममा प्रहरी समायोजनका लागि संघीय सरकारको ध्यानाकर्षण गर्नका लागि ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । 

यस अघि साह सहितको प्रदेश सरकारका मन्त्रीहरूले साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भेटेर शीघ्र प्रहरी समायोजनको माग गर्दै ज्ञापनपत्र बुझाएपनि संघीय सरकार गम्भीर नभएको भन्दै पुनः ध्यानाकर्षण स्वरूप पत्र बुझाएको गृह तथा सञ्चारमन्त्री साहले जानकारी दिनु भयो । 

उहाँले संविधानको धारा २६८ ले प्रदेश प्रहरीको सङ्गठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सङ्ख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनाव अगाडी नै प्रहरी समायोजन हुनु पर्ने माग गर्नु भयो । 

गृह तथा सञ्चारमन्त्री साहले संघीय संसदबाट पारित भएको प्रहरी कर्मचारी समायोजन ऐन २०७६ एवं नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेकाले शीघ्र रुपमा प्रहरी समायोजन हुनु पर्ने माग गर्नु भयो । 

प्रहरी प्रशासन विना प्रदेश सरकारको अनुभूति नभएको बताउँदै प्रदेश गृहमन्त्री साहले प्रदेश सरकारको तर्फबाट बुझाउनु भएको ज्ञापन पत्रमा सात दिनभित्रमा प्रहरी समायोजन प्रक्रिया अगाडी नबढेको खण्डमा बाध्य भएर आफूहरू शान्तिपूर्ण आन्दोलनमा जाने बताउनु भयो । 

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले आफूहरूको आन्दोलन शान्तिपूर्ण, अहिंसात्मक रुपमा सडक सङ्घर्षको कार्यक्रम हुन सक्ने बताउँदै यसमा प्रदेशका सबै दल तथा प्रदेश सभाका सदस्यहरु सहमत भएको बताउनु भयो ।  

प्रदेश प्रमुखलाई ज्ञापनपत्र दिनका लागि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण, विभिन्न दलका प्रदेश सभाका सदस्यहरु पुग्नु भएको थियो । 

यसै बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले आफूलाई प्राप्त भएको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जस्ताको त्यस्तै आजै पठाउने पत्रकारहरूलाई जानकारी दिनु भयो ।    



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: प्रदेश प्रमुखमार्फत संघीय सरकारलाई प्रदेश सरकारको ज्ञापनपत्र
प्रदेश प्रमुखमार्फत संघीय सरकारलाई प्रदेश सरकारको ज्ञापनपत्र
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/gyapan-1536x864-1-1024x576.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/08/blog-post_56.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/08/blog-post_56.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content