मधेसखबर
वीरगन्ज, २१ साउन : पर्साको जगरनाथपूर गाउँपालिका वडा नम्बर ६ बहुअरी परसौनीमा नव निर्मित कालोपत्रे सडकको शनिबार उद्घाटन गरिएको छ ।
पर्साको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एंव जनता समाजबादी पार्टी (जसपा) का केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले उक्त सडकको उद्धघाटन गरेका हुन् । बहुअरी प्रसौनी गाँउमा करिब तीन करोड रुपैयाको लागतमा १ किलो मिटर कालोपत्रे सडक निर्माण गरिएको हो ।
शनिबारको उद्धघाटन कार्यक्रममा प्रदेशसभा सदस्य मन्जुर अन्सारी ,जजसपाका केन्द्रीय राजनीतिक समिति सदस्य मोहनलाल चौधरी , जसपाका यूवा नेता शिव कुमार साह , नेपाल शिक्षाक महासंघ पर्साका सह–अध्यक्ष भरत गिरी , शिक्षक मुकलेश गद्दी लगायतको पनि सहभागिता रहेको थियो ।
The post जगरनाथपुरमा तीन करोडको लागतमा निर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्