प्रमोद यादव
पर्सा,२५ साउन : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बाट वन कार्यालयको टोलीले सालको काँचो गोलीया काठ बरामद गरेको छ।
विशेष सुराकीको आधारमा सव डिभिजन वन कार्यालय बढ्निहारबाट खटिएको टोलीले पर्सागढी नगरपालिकाका वडा नम्बर ३ नजिकै तस्करहरुले लुकाएर राखेको सालको गोलीया काठ दुई थान र साइकल दुई थान मंगलबार बेलुकी बरामद गरेको हो।
बरामद गरिएको काठ र साइकल सव डिभिजन वन कार्यालय बढनियारमा राखिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ।
The post पर्सागगढीबाट तस्करीको काठ बरामद appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्