स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन

SHARE:


माधुरी महतो
वीरगञ्ज , साउन २४ । नेपाल सरकारले २०७८ वैशाख ५ गते मन्त्रीपरिषदको निर्णय अनुरुप कोरोना रोकथाम तथा नियन्त्रणकोे उदेश्य सहित मुलुकका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने कार्यलाई अघि बढाएको थियो ।

तर निर्माण कार्य सम्पन्न भएको महिनौ बित्दा समेत अझै होल्डिङ सेन्टर हस्तान्तरणमा अझ अन्योलको अवस्था देखीएको छ ।

तर पछिल्लो समय नेपालमा कोरोना संक्रमणको सूचकाङ्क फेरी उकालो लाग्दै गएपछि निर्माणको प्रकियामा रहेका होल्डिङ सेन्टरको चासो र चर्चा शुरु भएको छ ।

कोरोना भाइरस संक्रमण, पहिलो र दोस्रो लहरमा ,पर्सा लगायत देशका अन्य सरकारी अस्पतालको क्षमताले थेग्न नसक्ने गरी भयावह रूपमा फैलियो थियो ।

कोरोनाको पहिलो तथा दोश्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय तथा कलेजहरुलाई क्वारेन्टिन बनाईएको भन्दै आलोचना भएपछि नेपाल सरकारले वि.स.२०७८ वैशाख ५ गते मन्त्रीपरिषदको निर्णय अनुरुप कोरोना रोकथाम तथा नियन्त्रणकोे उदेश्य सहित मुलुकका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने कार्यलाई अघि बढाएको थियो ।

नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा ठेकेदार कम्पनिले निर्माण कार्य गरेको जनाईएको हो । हाल भारतका ठूला सहरमा चौथो लहरको संक्रमण बढ्दै गएको छ ।

त्यसको सोझो असर खासगरी सीमावर्ती सहर र बस्तीमा पनि देखिन थालेको छ । पछिल्लो समय पर्सा लगायत नेपालमा नै संक्रमितको संख्या दिन प्रतीदिन बढ्दै गएको छ ।

नाका हुँदै आउनेहरूको रगत परीक्षण गर्दा नेपाल र भारत दुवैतिरका नागरिकमा संक्रमण देखिन थालेको जनाईएको छ । संक्रमितको सख्या थपिंदै गएपछि पनि सरकारले होल्डिङ सेन्टर प्रयोगमा ल्याएर संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अझ पनि सकेको छैन ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले होल्डिगं सेन्टर निर्माण भएका सुनेको तर हालसम्म हस्तान्तरण प्रक्रिया नभएकोले केही भन्न नमिल्ने बताए ।

सिमानाकाबाट नेपाल भित्रनेहरुलाई क्वाराईन्टिनमा राख्न बनाईएको वीरगञ्ज लगायत देशका अन्य स्थानका धेरै जसो होल्डिङ सेन्टरको निर्माण कार्य सम्पन्न भैसकेको भएपनि होल्डिङ सेन्टर प्रशासनिक अलमलको कारण सम्बन्धित पक्षलाई हस्तान्तरण हुन नसकेको बताईएको छ ।
देशमा फेरी कोरोना संक्रमण दर उच्च रहेको र सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरिरहेको बेलामा पनि सरकारले होल्डिङ सेन्टर संचालन तर्फ ध्यान नदिएको गुनासो बढ्दै गएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले भने , “नेपाली सेनालाई हस्तान्तरण भएको भनेर सुनेको हो तर के कसरी गर्ने भन्ने बारेमा थाहा भएन । कार्यविधि बनेको छ । तर जिम्मा लिएका तर्फबाट हस्तान्तरण नभएसम्म केही गर्न मिल्दैन । कार्यविधिी बनिसकेको छ हस्तान्तरण प्रक्रिया भएसंगै उक्त कार्यविधि कार्यान्वयनमा ल्याई स्थानीय , प्रदेश र संघ तीनै तहबाट समन्वय गरी संचालन गरीनेछ । ”

भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा भने करिब २८ करोडको लागतमा कुल ६० वटा भवन निर्माण गरिएको छ ।जसमध्ये १३ वटा भान्सा घर, २२ वटा शौचालय, तथा बनाईएको छ ।

उक्त क्वाराईन्टिनमा राखिएको ९ सय बेडमा सामान्य लक्षण भएकाहरुलाई राखिने छ भने बाँकी १ सय वेड जटील अवस्थाको बिरामीलाई राखिने छ ।

यसैगरी अन्य ३ वटा एसीसहितको भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि समेत निर्माण गरिएको छ ।

होल्डिङ सेन्टर हस्तान्तरणमा ढिलाई हुदा आर्थिक तथा सुरक्षाको चुनौती थपिएको जनाईएको छ ।

 

 

The post होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन appeared first on Madhes Khabar.



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन
होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/2-3-scaled.jpg?resize=1400%2C971&ssl=1
Trilok Khabar
https://www.trilokkhabar.com/2022/08/blog-post_9.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/08/blog-post_9.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content