मधेसखबर
वीरगन्ज, १७ साउन : पर्साको पोखरीयाका विभिन्न टोलमा १८ करोड रुपैयाको लागतमा निर्माण हुन थालेको सडकको शीलन्याश गरिएको छ ।
पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा ,वडा नम्बर ५ सतवरिया र वडा नम्बर ६ सिर्सियामा निर्माण हुन लागेको सडकको पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले मङगलबार शिलान्यास गरेका हुन् ।
संघिय सरकारको एक सांसद एक रणनीतिक कार्यक्रम अन्तर्गत रौनियारको बिशेष पहलमा पोखरीयाको ३ वटा वडामा १८ करोड रुपैयाको लागत सडक निर्माण गर्न थालिएको हो ।सडक निर्माणको लागी सांसद रौनियारले पटक पटक भौतिक पूर्वाधार मन्त्राय र सम्बन्धित निकायकोमा धाएर पहल गरेका थिए ।
मङगलबारको शिलान्यास कार्यक्रममा बोल्दै सांसद रौनियारले सडक निर्माण भएपछी त्यस भेगका जनतालाई आवागमनमा थप सहज हुने बताए । रौनियारले आगामी दिनमा समेत जनताको चाहना अनुसार बिकास निर्माणका कामका लागि आफनो पहलकदमी जारी रहने प्रतिबद्धता पनि जनाए ।
ग्रिस नन्दनको अध्यक्षतामा भएको सडक शिलान्यास कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहान ,जनता समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव , मधेश प्रदेशकी प्रदेशसभा सदस्य करिमा बेगम , जसपाका नेता गौरीशंका आह , लोसपा नेता नेजामोदीन समानी ,सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल , पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।
The post सांसद रौनियारको पहलमा पोखरीयामा १८ करोडको लागतमा सडक निर्माण हुदै appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्