स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गौशाला निर्माण गर्दै

SHARE:

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा सडकको व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रणका लागि गौशाला (काजी हाउस) को निर्माण अगाडि बढाएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नंं १२ कुवामा रहेको गुठी संस्थानको १ विघा जग्गा लिजमा लिएर सोही जग्गामा गौशालाको निर्माण कार्यको आज शुभारम्भ गरिएको छ । नगरप्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह तथा वडाध्यक्षहरूले संयुक्त रुपमा गौशालाको शिलान्यास गर्नु भयो । 

१ करोडको लागतमा निर्माण हुने गौशाला निर्माण अन्तर्गत पहिलो वर्षमा छाडा चौपाया राख्ने घर, चौपायाका लागि आवश्यक पर्ने भूस तथा पराल राख्ने घर तथा गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घरको निर्माण गरिने नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनु भयो । 

गौशालाको निर्माणले नगरक्षेत्रमा जथाभाबी रुपमा छाड्ने चौपायाको नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा पनि ठूलो मद्दत पुग्ने विश्वास जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको रहेको छ । उपप्रमुख किकोरी साहले गौशालाको निर्माण सँगै प्राचीन राजदेवी मन्दिरको पनि सौन्दर्यीकरणका लागि उपमहानगरपालिकाले काम गर्ने उपप्रमुख किशोरी साहले बताउनु भयो । 

गौशाला निर्माण भएपछि छाडा चौपायाले प्रदान गर्ने गोवर तथा मूत्रबाट जैविक मलको उत्पादन गरेर न्यूनतम लागतमा किसानलाई मल बिक्री गर्ने सोचमा उपमहानगरपालिका रहेको छ । यसले वर्षेनी रुपमा हुने मलको अभाव थोरै भएपनि समाधान हुने नगरप्रमुख साहको रहेको छ ।  

नगरक्षेत्रमा चौपाया धनीहरूले दूध दुहेर गाई तथा गोरु एवं उत्पादन नदिने वस्तुहरू जथाभाबी रुपमा छाड्ने गरेका कारणले नगरपालिकाको सडक व्यवस्थापनमा समस्या आउनुका साथै नगरक्षेत्रमा जथाभाबी रुपमा चौपायाले सडक भरि गोवर तथा मूत्र त्याग गरेर फोहर बढाउने काम गरिरहेको छ । कहिले काहीँ छाडा चौपायाका कारणले सवारी दुर्घटना पनि हुने गरेको छ । 

गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिएर त्यस्ता वस्तुको धनीबाट पाँच हजार जरिवाना गर्ने कानूनी प्रावधान पनि रहेकाले यसबाट पनि आम्दानी भएर नगरपालिकाले सञ्चालन गर्ने गौशालाको खर्च व्यवस्थापनमा मद्दत पुग्ने विश्वास नगरपालिकाको रहेको छ । 

धार्मिक दृष्टिकोणले पनि गाई गोरुको सेवा निक्कै राम्रो मानेकाले नगरपालिकाले चालु आर्थिक वर्षका लागि गौशाला निर्माण गर्नका लागि १ करोड रकम विनियोजन गरेको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर विरेन्द्र कुमार यादवले जानकारी दिनु भयो ।  



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गौशाला निर्माण गर्दै
जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गौशाला निर्माण गर्दै
Trilok Khabar
https://www.trilokkhabar.com/2022/08/blog-post_92.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/08/blog-post_92.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content