बारा । बाराको निजगढमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नं.६ पानीट्यांकीमा स्कुल बसले किचेर स्थानीय राकेश राय यादवका २ वर्षीय छोरा आयुष रायको मृत्यु भएको हो ।
उनको घटनास्थलमा नै मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । आज बिहान सवा ९ बजे विद्यासागर इङ्लिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडिको चक्काले किचेको थियो ।
बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्