Menu

आजको मौसम

वीरगंजको लक्ष्मणवामा दुई चोरद्वारा चोरीको असफल प्रयास

Author
Trilok Khabar |
September 02, 2022
Featured

वीरगंज, १७ भदौ । 
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवास्थित वडाध्यक्ष रमेश यादवको घरदेखि दक्षिणपटिको टोलमा गएराति दुईजना चोरहरुले चोरीको असफल प्रयास गरेका छन् । 
बिहीवार राति पौने १ बजेतिर दुईजना चोरहरूले सो टोलको चार–पाँचवटा घरको अनुगमन गर्दै स्थानीय दीपेन्द्र यादवको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गर्न खोजेको सिसिटिभीबाट देखिन्छ । यादवको घर अगाडि मोटरसाइकल पार्किङ गरी राखेको हुनाले चोरहरूले मोटरसाइकल चोरी गर्न खोजेको देखिन्छ । 
सो टोलमा यसभन्दा पहिले पनि दुई चारपटक चोरहरुले चोरीको प्रयास गरेपछि स्थानीय बासिन्दा जागेर होहल्ला मच्चाएपछि चोरहरु फरार भएका थिए । 
सो टोलमा यसभन्दा पहिले पनि दुई तीन पटक चोरहरूले चोरी गर्ने प्रयास गरिसकेको र स्थानीयहरूले थाहा पाएपछि भगाएका थिए । प्रहरी प्रशासनको फितलो गस्तीको कारण चोरहरू अहिले वीरगंजमा सक्रिय भएका छन् । वीरगंजमा मोटरसाइकल चोरीको घटना बढिरहेको हुनाले चोरहरूले मोटरसाइकल चोर्ने उद्देश्यले आएको हुनसक्ने यादवले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3