Menu

आजको मौसम

साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

Author
Trilok Khabar |
January 18, 2023
Featured

वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई साढे २२ लाखसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा. वडा नं. १६ नगवा बस्ने वर्ष ३४ को बिकाश साह र जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं. १८ ईनर्वा मनियारी बस्ने वर्ष १९ को सुवास कुमार साह रहेको प्रहरीले जनाएको छ ।
२०७९ पुस ३ गते दिउँसो २ः३० बजे अस्थायी प्रहरी पोस्ट घण्टाघरको चेकिङ टोलीले बिआर०५एइ ९३४३ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटर पछाडी बस्ने सुवास कुमार साहले बोकेको झोलाबाट बाईस लाख पचास हजार भेटिएको जिप्रका, पर्साले जनाएको छ ।
उनले रुपियाँहरूको  श्रोत खुलाउन नसकेको हुँदा सुवाससँगै स्कुटी चालक विकाश कुमार साहलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3