Menu

आजको मौसम

नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

Author
Trilok Khabar |
May 07, 2023
Featured

काठमाडौं, २४ वैशाख । नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेश गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको बताए।

उनले भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रूपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको बताए। पक्राउ पर्नेमा भारत बिहार घर भइ काठमाडौंको शंखमूल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको बताए। यस्तै, बिहार घर भइ ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता रहेको उनले जानकारी दिए।

एसएसपी केसीले उनीहरूलाई शनिवार काठमाडौंको शंखमूल, कलंकी, बागबजार, गोंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताए। उनले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको जानकारी दिए।

उनले भारतीयहरूले वंशजको आधारमा नै नागरिकता लिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गर्दै आएको भेटिएको बताए।

Virus-free.www.avast.com

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3