वीरगंज, २९ जेठ । नेपालको आर्थिक नगरी वीरगंज यतिखेर तस्करहरुको अखडा बनेको छ । नेपालको मुख्य नाका वीरगंज भन्सार, सीमावर्ती नाका छपकैया र भन्सार नजीकको इनर्वा गाउँबाट दैनिक करोडौंको राजस्व छली तस्करी भइरहेको समाचार प्राप्त भएको छ ।
वीरगंज भन्सारबाट चाइनिज स्याउ, कपडा, मरिच, हार्डवेयर, काजुलगायतका सामानहरुको तस्करी भइरहेको छ । गर्मी बढेपछि चाइनिज स्याउको माग भारतमा बढी हुने गर्छ जसले गर्दा चाइनिज स्याउको तस्करी चर्चाको विषय बनेको छ
भारतको मुजफफरपुरकी संगीता देवी नामक तस्करले स्याउ तस्करी गरिरहेको नाम नछाप्ने शर्तमा भन्सार नजीकैको एक होटलका सञ्चालकले जानकारी गराएका छन् ।
त्यस्तै भन्सार नजीकको इनर्वा गाउँबाट मुन्ना, शेखावत, जयलाल र निरुवाले वीरगंज भन्सारका सशस्त्र प्रहरी निरीक्षक प्रेम विष्टलाई आर्थिक प्रलोभनमा पारी कपडाको लाइन पाएको छ ।

त्यस्तै छपकैयाबाट जितु, बवन, रुबी र पशुपतिले इलाका प्रहरी कार्यालय, छपकैयाका सई तेजप्रताप सिंहलाई आर्थिक प्रलोभनमा पारी कपडा, काजु र रेडबुलको लाइन पाएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

। सो नाकाबाट दिनहुँ ३ देखि ४ टन स्याउ तस्करी भइरहेको समाचार प्राप्त भएको छ ।
भारतको मुजफफरपुरकी संगीता देवी नामक तस्करले स्याउ तस्करी गरिरहेको नाम नछाप्ने शर्तमा भन्सार नजीकैको एक होटलका सञ्चालकले जानकारी गराएका छन् ।
त्यस्तै भन्सार नजीकको इनर्वा गाउँबाट मुन्ना, शेखावत, जयलाल र निरुवाले वीरगंज भन्सारका सशस्त्र प्रहरी निरीक्षक प्रेम विष्टलाई आर्थिक प्रलोभनमा पारी कपडाको लाइन पाएको छ ।
त्यस्तै छपकैयाबाट जितु, बवन, रुबी र पशुपतिले इलाका प्रहरी कार्यालय, छपकैयाका सई तेजप्रताप सिंहलाई आर्थिक प्रलोभनमा पारी कपडा, काजु र रेडबुलको लाइन पाएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्