Menu

आजको मौसम

बारामा ६० प्रतिशत रोपाइँ

Author
Trilok Khabar |
July 24, 2023
Featured

कलैया, ८ साउन
बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष कृषकले बर्खे धान 'भदैया' १० हजार नौ सय पाँच हेक्टर, 'अगहनी' ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।
 
जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाकी रहेको यादवले बताउनुभयो । उहाँका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको केन्द्रले जनाएको छ ।

गत वर्ष किसानले बर्खे अगहनी धान ३४ हजार सय १५ र भदैया ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गरिएको केन्द्रका बाली अधिकृत गेनालाल प्रसादले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3