Menu

आजको मौसम

मुख्य नाला अतिक्रमण गरी बनाइएको हरि खेतानको संरचना भत्काइयो

Author
Trilok Khabar |
July 10, 2023
Featured

वीरगंज, २५ असार । वीरगंज महानगरपालिकाले मुख्य नालामाथि बनाएको हरिखेतान बहुमुखी क्याम्पसको संरचना भत्काएर खाली गराएको छ । 

सोमवार मेयर राजेशमान सिंहलगायतले डोजर लिएर क्याम्पसमा पुगेका थिए । मुख्य नालामाथि क्याम्पसले संरचना निर्माण गरेको हुँदा नाला सफाइमा अवरोध भएपछि भत्काइएको नगरप्रमुख सिंहले बताए । नालामाथि बनेको संरचना आफैं हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि आफैं डोजर लिएर आउनु परेको मेयर सिंहले बताए ।

जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ ।

हरिखेतान क्याम्पस पछाडिसम्म सफाइ गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइ गर्न पाएको थियो ।

महानगरले यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकेको छ ।

वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।

गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पससम्मको क्षेत्रमा मुख्य नालाको दुबैतर्पm अतिक्रमण गरेर संरचना बनेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3