Menu

आजको मौसम

कटहरको रूख सुक्दै–मर्दै

Author
Trilok Khabar |
August 23, 2023
Featured

वीरगंज, ६ भदौ । जलवायु परिवर्तनको असर प्राकृतिक प्रकोप दैवी विपत्तिको कारण धादिङलगायत देशका विभिन्न भागका कटहर फलेर पाक्ने अवस्थामा आएपछि हिजोआज अचानक कटहरको रूख टुप्पोदेखि फेदसम्म सुक्दै मर्दै गएको छ। 

फलेको कटहर भित्रभित्रै कुहिंदै गएको छ। कटहरको स्वाद बिग्रिएको छ। हिजोआज बजारमा वा झिकेर प्रतिकिलो ६०  रुपियाँँमा बिक्री भइरहेको छ। कटहरको रूख ठुलो हुन्छ, राम्रोसँग फल्यो भने एउटै रूखमा बढीमा डेढ सय फल्छ। एउटै कटहर बढीमा २५  किलो सम्म हुन्छ, कटर गुलियो मिठो फल हो । 

त्यस्तै जेठ–असार देखि फलेको अम्बाको रूख टुप्पो देखि सुक्दै मर्दै गएर देश भरि रोग पैmलिएको छ। अहिले देशमा अम्बाको रूखमा उत्पादन निकै कम छ। बागमती प्रदेश धादिङ जिल्लाको नौबिसे क्षेत्रमा विभिन्न जातको अम्बा २० वर्ष पहिले अति निकै फल्दछ। अहिले अम्बाको बोट मरेर सखापै हुँदा कहिकतै एक दुईवटा बोटमा मात्र अम्बा फुलेको पाइन्छ। 

अम्बाको रूख कटहरको रूख हुँदै अन्य फलफूलको रूख प्राकृतिक कारणले मर्दै गएर उजाड नै हुने हो भन्ने डर देखापरेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3