Menu

आजको मौसम

वीरगंजका स्वास्थ्य संस्था र क्लिनिकमा ओपिडी सेवा ठप्प

Author
Trilok Khabar |
September 29, 2023
Featured

वीरगंज, १२ असोज । वीरगंजका अस्पताल र क्लिनिकहरूमा शुक्रवार ओेपिडी ठप्प पारी चिकित्सकहरुले विरोध जनाएका छन् ।

चिकित्सकमाथि भइरहेका आक्रमणको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आहवानमा वीरगंजका चिकित्सकहरूले शुक्रवार सरकारी तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन् ।

संघका अध्यक्ष डा मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरूमा श्रृंखलाबद्ध रूपमा बढीरहेको घटनाको घोर भत्स्रना गर्दै शुक्रवार ओपीडी सेवा बन्द गरिएको जनाएको हुन् ।

बिहीवार र बुधवार वीरगंजका चिकित्सकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्दै विरोध जुलुश निकालेर प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3