Menu

आजको मौसम

स्वच्छ र व्यवस्थित भिस्वा अभियान अन्तर्गत भिस्वामा सडकपेटीमा डस्टबिन राखियो

Author
Trilok Khabar |
September 23, 2023
Featured

भिस्वा, ६ असोज । स्वच्छ तथा व्यवस्थित भिस्वा अभियानको लागि समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत सडकपेटीमा डस्टबिन राखिएको छ । 
२० वटा डस्टबिन भिस्वाका सडकमा राखिएको छ । भिस्वावासीको सहयोगले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवा नेता शारूख मन्सुरी, भिस्वा प्रहरी कार्यालयको प्रहरी नायब निरीक्षक रूद्र भट्ट, सशस्त्र प्रहरी बल, जन सहयोग बचत तथा ऋण सहकारी संस्थ लि। को विशेष सहयोगमा श्री ने।रा।प्रा।वि देखि भिस्वा बजारसम्म ँसडक पेटी अतिक्रमण हटाउने एवं सरसफाई कार्यक्रम" शनिवार  सम्पन्न भएको हो ।
भिस्वा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रूद्र भट्टको विशेष पहलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । छिपहरमाई गा।पा। वडा न।५ का वडा अध्यक्ष मैजीलाल साह कानु, व्यवस्थित भिस्वा अभियानका संयोजक शारूख मन्सुरी, शेख अरमन, हिमान्चल प्रसाद कोइरी, सब्जान मियाँँ धुनिया, मुमताज शेख, राजु समानी, जान मियाँँ तेली लगायतका सम्पूर्ण भिस्वाबासीको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3