Menu

आजको मौसम

बाल सुधार गृह, वीरगंजबाट दुर्ईजना बाल कैदी फरार

Author
Trilok Khabar |
September 29, 2023
Featured

वीरगंज, १२ असोज । वीरगंजको बिर्तास्थित बाल सुधार गृहबाट दुर्ई जना बालकैदी फरार भएका छन् ।

शुक्रवार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू नजीकै रहेको मेडिकल क्लिनिकको छतमा गई त्यहाँबाट हाम फालेर भागेको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

गत भदौ २६ गते बाल सुधार गृहमा बालकहरूबिच विवाद भई झडप हुँदा ३ प्रहरी र ११ जना बालकहरू घाइते भएका थिए।

बाल सुधार गृहमा कुल १२६ जना बालकैदी रहेको दुईजना शुक्रवार फरार भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3