Menu

आजको मौसम

सीमापारि रक्सौलमा भीडभाड, वारी वीरगंज बजार सुनसान

Author
Trilok Khabar |
October 19, 2023
Featured

वीरगञ्ज, २ कात्तिक : विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन् ।

नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्नलागयतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुने थालेका हुन् ।

ठूलो सङ्ख्यामा नेपाली अहिले दिनहँुजसो समान खरिद गर्न सीमावर्ती भारतीय बजार रक्सौल आउन थालेपछि यहाँ भीड बढ्न गएको रक्सौलका व्यापारी बताउनुहुन्छ । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसँैलगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमापारी भारतीय बजार आउने गरेको रक्सौलमा समान खरिद गरिरहेका नेपाली उपभोक्ता सन्तोषकुमार साहले बताउनुभयो ।

नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य रु १० देखि रु २० सम्म सस्तो हुने भएकाले खरिद गर्न सीमापारी जान्ने गरेको उहाँको भनाइ छ । भारतीय सिमासुरक्षा बल (एसएसवी)का जवानहरुले दसँैका अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीहरुलाई अहिले सहज गरेकाले अहिले अरु दिनको तुलनमा भीड बढ्न गएको छ । नेपाली ग्राहकले भारतबाट दाल, चिनी, खानेतेल, मसला, चामललगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी रामकुमार अग्रवालको भनाइ छ ।

टेक्सटाइल चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भारतको रक्सौलमा रहेको कपडा व्यापारीले कपडा खरिद गर्दा नेपाली रुपैयाँको बट्टा नकाट्ने भएकाले महिलाको कपडा पसलमा बढी भीड लाग्ने गरेकोे बताउनुभयो । दसँै जस्तो समयमा पनि मालसामान खरिद गर्न धेरैजसो ग्राहक सीमावर्ती भारतीय बजार जान्ने गरेकाले नेपाली बजारमा रौनक हराउँदै गएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3