Menu

आजको मौसम

वनभोज मनाएर फर्केको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

Author
Trilok Khabar |
October 29, 2023
Featured

वीरगंज, १२ कात्तिक ।

वनभोज मनाएर फर्केको बस सिमरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं. को बसले मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन् ।

शनिवार राति १० बजे बारा, जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा सो बस दुर्घटना भएको थियो । दुर्घटनामा परी भारत, मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई जिल्ला पर्सा, वीरगंज महानगरपालिका–७ बस्ने  वर्ष २७ को मुकेश साहको मृत्यु भएको छ भने कलैया उमनापा–२० बस्ने वर्ष ४५ को विर बहादुर महतो, वीरगंज–८  बस्ने वर्ष ३० को सुरज साह कानु, वर्ष १८ की प्रिया गुप्ता, वर्ष १६ की मनिषा साह, वडा नं. १२ बस्ने सुनिल कुमार गुरूड्ढो छोरी वर्ष २३ की सेजल गुरूङ, वडा नं. ८ बस्ने वर्ष ५२ को ललन चौरसिया, वडा नं. १२ बस्ने वर्ष २७ को राजन कुमार गुप्ता, वडा नं. ८ बस्ने वर्ष २८ को मोहन साह कानु, कलैया उ.म.ना.पा. ७ बस्ने वर्ष १८ को प्रसाद गुप्ता, वडा नं. ७ बस्ने वर्ष ३५ को अविनाश गुप्ता, जितपुरसिमरा उ.म.ना.पा. वडा नं. २ बस्ने नविन राईको छोरा वर्ष १९ को अनिष राई घाइते भएको जिप्रका, बाराले जनाएको छ ।

चितवनको जलबिरेमा पिकनिक मनाएर वीरगंज फर्कदै गरेको बस शनिवार राती सिमरामा दुर्घटना भएको थियो ।

वीरगंजको नगवाबाट पिकनिकका लागि गएको ना७ख ४७४९ नम्बरको बस फर्कने क्रममा सिमराको मुख्य चोकमा अनियन्त्रित भई दुर्घटना भएको हो । तिब्र गतिमा रहेको बस सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किन पुगेको थियो ।

दुर्घटनालगत्तै मुकेशलाई गण्डकस्थित बयोधा मेडिसिटी अस्पताल लगिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3