Menu

आजको मौसम

पकहामैनपुरमा पुरूषको शव भेटियो

Author
Trilok Khabar |
October 27, 2023
Featured

वीरगंज, १० कात्तिक ।

पर्साको पकहामैनपुर गाउँपालिकामा एक जनाको शव भेटिएको छ ।  पकहानमैनपुर गाउँँपालिकाको खेस्रहामा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

आज बिहान खेतमा काम गर्न गएको बेला ती पुरूष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

स्थानीयले खेतमा ती पुरूषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । यही सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए ।
उनका अनुसार अहिलेसम्म मृत्युको कारण खुल्न छैन ।

फेला परेको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फेला परेको शव उठाउन घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म फेलाको शवको सनाखत हुन सकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3