स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

SHARE:

वीरगंज, १५ कात्तिक ।

वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ ।

नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड रुपियाँँमा खरिद गरी एमआरआई मेसिन ल्याएको थियो । यद्यपि प्राविधिक कारणवश मेसिन सञ्चालनमा ल्याउन नसक्दा जडान गरेर पनि प्रयोगविहीन अवस्थामा राखिएको थियो ।

गत असोज १३ गते अस्पतालको १ सय ३१ औँ स्थापना दिवसमा सङघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एमआरआई मेसिनको उदघाटन समेत गरेका थिए । तर प्राविधिक कारणले मेसिन अस्पतालले सञ्चालनमा ल्याउन सकेको थिएन ।

मङ्गलवारदेखि एमआरआई मेसिन सञ्चालनमा ल्याइ अस्पतालमा पहिलो पटक एमआरआई सेवा शुरू गरिएको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए । पहिलो दिन दुर्ई जना बिरामीको एमआरआई गरिएको जानकारी उनले दिए ।

नारायणी अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइएको एमआरआई मेसिन नेपालभरमै उत्कृष्ट र अद्यावधिक मानिएको ७६ च्यानल र थ्री टेस्लाको रहेको उनले बताए । आन्तरिक परीक्षण र विशेषज्ञको टोलीले विशेष तालिम लिएपश्चात मङ्गलवारदेखि एमआरआई मेसिन पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए ।

डाक्टर सिंहले भने, 'विगतमा पावर ब्याक अपको समस्या र केही प्राविधिक कारणले गर्दा मेसिन जडान गरेर पनि सञ्चालनमा ल्याउन सकेका थिएनौँ । जसका कारण अनेक आलोचना पनि भएको थियो ।'

एमआरआई मेसिन चलाउनका लागि आवश्यक विद्युतीय ऊर्जा अस्पतालमा नहुँदा भाडामा पाँच सय केभिएको जेनरेटर ल्याएर एमआरआई सेवा शुरू गर्नु परेको उनले बताए । उनले भने, 'अस्पतालमा २०० केभिएको मात्र जेनरेटर थियो । तर एमआरआई मेसिन चलाउन पाँच सय केभिएको जेनरेटर चाहिन्छ तर त्यो अस्पतालमा उपलब्ध थिएन । त्यसैले भाडामा ५०० केभिएको जेनरेटर ल्याएर एमआरआई मेसिन चलाएका हौँ ।'

डाक्टर सिंहले अहिले भाडामा जेनरेटर ल्याएर तत्कालका लागि काम चलाइए पनि अस्पताल आफैँले पाँच सय केभिए क्षमताको नयाँ जेनरेटर खरिदका लागि सङघ र प्रदेशका स्वास्थ्य मन्त्रालयसँग बजेटको माग गरिसकेको जानकारी पनि गराए ।

सिंहका अनुसार बजेटका लागि अस्पताल प्रशासनले सङघ र प्रदेशका स्वास्थ्य मन्त्रालयमा गत साउनमै पत्राचार गरिसकेको छ । सिंह भन्छन्, 'सधैँभरि भाडाको जेनरेटरले चलाउने अवस्था रहन सक्दैन, त्यस कारण मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ ।'

नारायणी अस्पतालमा शुरू गरिएको एमआरआई सेवाको शुल्क बजारका निजी अस्पतालका भन्दा निक्कै सस्तो रहेको सिंहले बताए । उनले भने, 'निजी अस्पतालमा एमआरआई गर्दा १२ देखि १५ हजार रुपियाँँ शुल्क लाग्छ । तर हामीले अस्पतालमा यो सेवाको शुल्क ८ हजार रुपियाँँ मात्रै तोकेका छौँ ।' यसले विशेष गरी गरिब तथा विपन्न बिरामीलाई ठूलो राहत पुग्ने उनको विश्वास छ ।

यसअघि अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुँदा बिरामीलाई बाहिरका निजी अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेकोमा अब भने त्यो बाध्यताको अन्त्य भएको पनि उनले बताए । दैनिक ८ देखि १० जना बिरामीको एमआरआई गर्न सकिने पनि उनले जानकारी दिए ।

मधेस प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीका साथै मकवानपुर तथा छिमेकी मुलुक भारतको बिहारबाट पनि बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेको डाक्टर सिंहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू
नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू
https://blogger.googleusercontent.com/img/a/AVvXsEir4A7sz_H4PIFjSZ9HQHdEGUGRTjb7ZSNh-v-UdW_ftjQ272AtCbUv6FqroDDkMP-T5onMto5NsOAIovndHZGuZ73sb6bzue1KSsMvCCaZAokxEGON-fN5u3XJE6XImLfc3LGCPF4e0KSQ-UgUgigvsa_vxPq_YV0YjsOPUuEvTfHpw7Wu76gc8CQME6ib=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEir4A7sz_H4PIFjSZ9HQHdEGUGRTjb7ZSNh-v-UdW_ftjQ272AtCbUv6FqroDDkMP-T5onMto5NsOAIovndHZGuZ73sb6bzue1KSsMvCCaZAokxEGON-fN5u3XJE6XImLfc3LGCPF4e0KSQ-UgUgigvsa_vxPq_YV0YjsOPUuEvTfHpw7Wu76gc8CQME6ib=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2023/10/blog-post_77.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2023/10/blog-post_77.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content