Menu

आजको मौसम

शान्ति सुरक्षा, अमनचयन कायम गर्छु– प्रजिअ भुसाल

Author
Trilok Khabar |
December 28, 2023
Featured

वीरगंज, ११ पुस/

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घले उनको आगमनमा बुधवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रजिअ भुसालले वीरगंज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै उद्योग, व्यापारको विकास र प्रवद्र्धनका क्षेत्रमा आफ्नो सक्रिय भूमिका रहने बताए ।

उनले जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था मिलाउने पनि बताए । प्रजिअ भुसालले जिल्लाको सरकारी कार्यालयलगायत सम्पूर्ण सेवाहरूमा सुशासन प्रवद्र्धन गर्ने, सीमावर्ती क्षेत्रमा हुने गैरकानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने, जिल्लाको विकास निर्माणमा भइरहेका ढिलाइ अन्त्य गरेर विकास निर्माणका कार्य अगाडि बढाउने बताए ।

सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंजलगायत पर्सा जिल्लामा शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले सीमा सुरक्षा अधिकारीहरूको बैठकले प्रभावकारी निर्णय गर्ने हुँदा सोलाई निरन्तरता दिनुपर्ने, नगरको सुरशान्ति सुरक्षा, अमनचयन कायम गर्छु– प्रजिअ भुसालमा सिसिटिभी क्यामराको प्रभावकारी भूमिका भएकोले यो परियोजनाको लागि सरोकारवाला निकायसँग समन्वय गरेर चुस्तदुरुस्त गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेउवा महासङ्घका सदस्य सुबोधकुमार गुप्ताले आर्थिक महत्व बोकेको वीरगंजका चुनौती तथा उद्योगी व्यवसायीहरूले भोगिरहेको समस्याबारे अवगत गराएका थिए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, पूर्व अध्यक्ष अशोककुमार वैद, महासचिव आशीषकुमार लाठ, सचिवद्वय प्रेमचन्द्र गोयल र सुशान्त चाचानलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3