Menu

आजको मौसम

हलो जोतिरहेका पुरुष र गोरुको करेन्ट लागेर मृत्यु

Author
Trilok Khabar |
December 09, 2023
Featured

शनिबार, २३ मङ्सिर २०८०, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।

लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए ।    घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए ।  'घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ' उनले भने ।

अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव पोस्टमार्टमका ल लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको इन्स्पेक्टर शर्माले जानकारी दिए। घटनास्थल रौतहटको सदरमुकाम गौरभन्दा करिब २० किलोमिटर पश्चिम पर्दछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3