Menu

आजको मौसम

अमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

Author
Trilok Khabar |
January 02, 2024
Featured

बारा, १७ पुस ।
जिल्ला प्रहरी कार्यालय, बाराले अमेरिकाबाट पार्सल गरी पठाईएको एक किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
 
विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध ब्युरो वीरगंजको संयुक्त प्रहरी टोलीले पुस १६ गते ३ः०० बजे बारा, कलैया उप–महानगरपालिका वडा नं.१ मोतिबागस्थित जिल्ला हुलाक कार्यालय कलैयामा विदेशबाट आएको कार्टुन समेत तीन व्यक्तिहरूलाई एक किलो गाँजा सहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । उनीहरुलाई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं.१ टोल सिसवावारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, बजार छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ कृष्णा सर्राफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 
उनीहरुको साथबाट पपकर्न मिक्स ट्रिओ लेखिएको रातो रंगको टिनको डब्बाभित्र गाँजा तिन प्याकेट, ओल्ड फैशन्ड ओटस लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट, र क्विक ओटस लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट गरी १ किलो १४६ ग्राम गांजा बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3