Menu

आजको मौसम

स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते

Author
Trilok Khabar |
January 19, 2024
Featured

रौतहट, ५ माघ । रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन  मानिस घाइते भएका छन।
 
गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीवार साँझ गाउँँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन  मानिसलाई घाइते बनाएको हो।

स्यालको टोकाई बाट वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ की मन्तोरिया देवी, ६० की तेतरी खातुन,  ४० की जयबुल खातुन, १५ की  मनिषा कुमारी, ५५ की उषा देवी,२७ रामाविनय बैथा, ३५ दुखीया देवी, ३० बिना देवी, ९ श्रावण कुमार, ७२ सिकीलावा देवी, ७० जयल मुखिया लगायतलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताए ।

गढीमाई नगरपालिकाको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुशहरी टोलका महिला पुरूष बालबालिका माथि आक्रमण गरी घाइते बनाएको छ। घाइते मध्ये ६०की तेतरी खातुनको  नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि थप उपचारको लागि राति नै नेशनल मेडिकल वीरगंज पठाइएको डिएसपी खनालले जानकारी दिएका छन।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाइएको थियो । घाइते मध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन। स्यालले जथाभाबी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3