Menu

आजको मौसम

पोखरीया नगरपालिकाका उप-मेयरका श्रीमान नगरपालिका मै जमाए डेरा

Author
Trilok Khabar |
January 14, 2024
Featured
पर्साको पोखरिया नगरपालिकाको उप-मेयर


 रूबी कुमारी ठाकुरको श्रीमानले दैनि क पोखरिया नगरपालिकाको कार्यालयमा डेरा जमाएर बस्ने गरेका छन। आफ्नो पत्नी पोखरीय नगरपालिकाको उप-मेयर निर्वाचित भएपछि उनी दैनिक नगरपालिकाको कार्यालय बस्ने गरेका छन ।

उप-मेयर रूबी कुमारी ठाकुरले कुनै पनि कागजमा सही गर्नु भन्दा पहिला उनका श्रीमान दीपक ठाकुर पढेर सही गर्न भने पछी मात्रै उप-मेयर रूबी ठाकुरले सही गर्ने गरेकी छिन। त्यस्तै न्यायिक समितिको संयोजक समेत भएको उप-मेयरले आफ्नो काम कर्तव्य प्रतिको जिम्मेवारी आफ्नो श्रीमान मार्फत गराउने गरेकोले स्थानीयहरु लाई हैरानी हुने गरेको छ ।

उप-मेयरको श्रीमान दिपक ठाकुर एक सरकारी शिक्षक हुन। उनले बीरगंज स्थित कारागार कार्यालयमा काम गर्ने गर्छन।तर उनको काम कारागार कार्यालयमा हुदा हुदै उनी दिनहु जस्तो पोखरिया नगरपालिकाको कार्यालयमा डेरा जमाएर बसिरहेका हुन्छ। कारागार कार्यालय बीरगंजको कमजोरीले उनी आफ्नो काममा नगई नगरपालिकाको कार्यालयमा बस्ने गरेका छन ।
उनको योजना आ.ब २०८०/०८१ मा १ करोड २५ लाखको योजना रहे ता पनि सधै उनी कहिले एनजीओ संचालन संग बढ़ी भन्दा बढी कमिसन लिने चकरमा व्यस्त हुने त कहीले ठेकेदारहरु संग बढी कमिसन दिने ठेकेदार संग बार्गेनिङ गर्ने काम गर्ने गरेको स्थानीयले बताउने गरेका छन ।

नगरपालिकाको काम कार्वाहीमा ध्यान दिनु भन्दा पनि कमिसनको चक्करमा लागेर आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन। उनको योजनामा भई रहेको विकासका कार्यहरु अधुरो रहेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3