वीरगन्ज पौष २५
जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साको विस्तारित बैठक सम्पन्न भएको छ । जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्व तथा राजनितिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकमा पर्साका १४ वटै पालिकाका पार्टि तथा भातृ संगठनका पदाधिकारी हरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफना भनाइ राख्दै अध्यक्ष यादवले आउदो माघ ५ गते वीरगञ्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अथित्यमा बलिदानी दिवसलाई भव्य र सभ्य बनाउन पार्टीका नेता , कार्यकर्ता र शुभेच्छुकहरु लाई आउन आग्रह समेत गरे।
रमगढवा धर्मशालाको सभाहलमा सम्पन्न बैठकको कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य फिरोज मन्सुर , रेखा शाह ,केन्द्रीय सल्लाहकार खलिल मिया, अथितिमा मधेश प्रदेशका उपाअध्यक्ष वृजमोहन तिवारी , मधेश प्रदेशका सदस्य कमाल अरसद , जिल्ला सचिव तबरेज अहमद, नगर अध्यक्ष निरंजन पटेल, ट्रेडयुनियन अध्यक्ष महाराज यादव लगायतका व्यक्तिहरु को उपस्थिति रहेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्