Menu

आजको मौसम

जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्यु

Author
Trilok Khabar |
February 19, 2024
Featured

सिड्नी, ७ फागुन । पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् ।

पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतवार बिहानदेखि शुरू भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ ।
सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् ।
 
यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो ।
 
रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भन्नुभयो, "मैले एङ्गामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामुहिक हिंसा हो ।

एबीसी न्यूजका अनुसार सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धीत रहेको बुझिएको छ ।
 
बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एङ्गा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3