Menu

आजको मौसम

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

Author
Trilok Khabar |
March 23, 2024
Featured

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट हाउसबाट दुर्ई जनालाई १२ केजी २ सय ४० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँँपालिका –८ निवासी २९ वर्षीय सुरेश तामाङ र भारत विहार सिवान जिल्ला बस्ने २२ वर्षीय आरिफ राजा रहेका छन् । सिवान निवासी महमद आलमको बयानको आधारमा तामाङ र आरिफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार शुक्रवार वीरगंज महानगरपालिका वडा नं.–१६ रजतजयन्ती चोक सडकखण्डमा जाँचको क्रममा आलमको साथबाट स्रोत नखुलेको दुर्ई लाख ५० हजार रुपियाँँ बरामद भएको थियो ।आलम भारतीय बजार रक्सौलबाट वीरगंज आइरहेका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा आलम चरेस खरिद गर्न आएको खुलेको थापाले बताए ।

थप अनुसन्धान गर्ने क्रममा नारायणी गेष्ट हाउसबाट तामा र आरिफलाई चरेस सहित पक्राउ गरेको र तीन जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ ।'

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3