Menu

आजको मौसम

नागरिकता प्रकरणमा निरञ्जन अग्रवाल पक्राउ

Author
Trilok Khabar |
July 31, 2024
Featured

वीरगंज, १६ साउन ।  झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको कसूरमा निरञ्जन अग्रवाललाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
 
निरन्जनले जन्मको आधार देखाई २०६३–११–१८ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएका थिए । नागरिकता लिनुभन्दा अगाडि २०५१ सालमा निरन्जनले सवारी चालक अनुमतिपत्र लिंदा आफुलाई भारतीय उल्लेख गरेका थिए । नरेश ठाकुरले दिएको उजूरीको आधारमा निरन्जनलाई कानुनी प्रक्रिया पुर्याएर गिरफ्तार गरेको पर्सा प्रहरीले जनाएको छ ।

अग्रवालमाथि २०७६/१२/१४ मा सरकारी वकिलको कार्यालय पर्साले किर्ते नागरिकता र सवारी चालक अनुमतिपत्र समबन्ध कसुरमा जाहेरी दर्ता गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवालको ठाकुरराम क्याम्पसनजीक रहेको चकलेट कारखानाबाट पक्राउ गरेको छ । अग्रवाल, भारतको राजस्थानको सरदार शहर (चुल) निवासी हुन । विगतको समयमा अग्रवाल पिंकी सुपारीको नामले चर्चित भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3