Menu

आजको मौसम

६२ किलो गाँजा र ६३ लाखको अवैध सामान बारा प्रहरीद्वारा नियन्त्रण

Author
Trilok Khabar |
August 15, 2024
Featured

वीरगंज, ३१ साउन ।
जिल्ला प्रहरी कार्यालय, बाराले ६२ किलो गाँजा सहित एउटा भ्यान नियन्त्रणमा लिएको छ ।
साउन ३० गते बिहान प्रहरी चौकी पथलैयाका प्रसनि हरिन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेज जाँच गर्ने क्रममा ना १ ज ८४५८ हाइस भ्यान सो स्थानबाट भागेको थियो ।

प्रहरीले खोज तलास गर्दै जाने क्रममा हुलाश फ्याक्ट्रीनजीकै रोकी राखेको अवस्थामा भ्यान भेटिएको थियो । प्रहरीले उक्त भ्यानबाट ६२ किलो गाँजा बरामद गरेको छ । फरार चालकको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ ।
 
यसैगरी बारा प्रहरीले ६३ लाख ५३ हजार बराबरको अबैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
 
साउन ३० गते राति प्रहरी चौकी पथलैया, बाराबाट प्र.ब.ना.नि. नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले पथलैया चोकमा वीरगंजबाट बाँके जादै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रक चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामानको स्रोत खुलाउन नसकेको ६३ लाख ५३ हजार ३ सय ८१ रुपियाँ बराबरको मोबिल, हाडवेयर, कपडा, पलास्टिक, औषधी, किराना आईटम लगायतका अन्य खुद्रा सामान बरामद भएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया बारा पठाएको जिप्रका, बाराले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3