Menu

आजको मौसम

मध्यनेपाल सक्रिय पत्रकार महिला पुरस्कार’ निलिमा पौडेललाई दिने निर्णय

Author
Trilok Khabar |
August 26, 2024
Featured

वीरगंज, १० भदौ । मध्य नेपाल सन्देश पत्रिकाले प्रदान गर्ने 'मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार' यो वर्ष वीरगंजकी महिला पत्रकार निलिमा पौडेललाई प्रदान गर्ने भएको छ ।

मध्य नेपाल सन्देश पत्रिकाको सम्पादक कबिता खड्काको अध्यक्षतामा शनिवार बसेको छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो ।

मधेश प्रदेशबाट पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरू मध्ये एक जनालाई यो मिडिया प्रा.लि.ले हरेक वर्ष मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार वितरण गर्दै आएको छ । २०८१ को लागि वीरगञ्जकी पत्रकार महिला पौडेललाई छनौट गरेको पत्रिकाको सम्पादक खड्काले बताइन् ।

पत्रकार पौडेल विगत १६ वर्षदेखि रेडियो वीरगञ्जमा आबद्ध रही आफ्नो पेशामा निरन्तर लागि पर्दै आइरहकी छन् । योभन्दा अगाडी यो पुरस्कारबाट कान्तिपुरकर्मी महोत्तरीकी पत्रकार महिला सुनिता बराल, बाराकी पत्रकार महिला रातो पार्टीकर्मी शारदा पोख्रेल सम्मानित भइसकेका छन् । ११ हजार १ सय ११ रुपियाँ नगद राशी सहित उनीहरू सम्मानित भइसकेका हुन् ।

चालु वर्षको लागि भने मध्य नेपाल मिडिया प्रा.लि.ले मध्य नेपाल सन्देश पत्रिकाको नवौं वर्ष प्रवेश गरेको अवसरमा प्रदान गर्ने यो सम्मानबाट पर्साकै पत्रकार महिला पौडेललाई छनौट गरेको छ । यो पुरस्कार पत्रिकाको आठौं वार्षिकोत्सवको अवसरमा आगामी भदौ १२ गते हुने कार्यक्रममा प्रदान गर्ने पत्रिकाको सम्पादक खड्काले बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3