Menu

आजको मौसम

गाउँलेसँग कुखुरा, हाँस मागेरर चौकीमा पकाएर खाने पुलिस

Author
Trilok Khabar |
August 27, 2024
Featured


वीरगंज, ११ भदौ ।  प्रहरी चौकी रङ्गपुरका प्रहरी सहायक निरीक्षक रामबाबू यादवको कारण पर्सा प्रहरीको बदनामी भइरहेको गाउँलेले बताएका छन् ।

प्रहरी चौकी इन्चार्जका रूपमा डेढ महीना अघि सरुवा भएर आएका यादवले प्रहरीको बर्दीको रवाफ देखाएर स्थानीय जनतालाई त्रसित बनाएको गाउँलेको आरोप छ ।

उनले सो भेगका हुनेखाने केही स्थानीयसँग माछा, मासु, खाद्यान्न र अन्य उपभोग्य वस्तुको माग गरेको आरोप पनि छ । प्रसनि यादवले गाउँलेसँग हाँस र कुखुरा माग्ने र चौकीमा पकाएर खाने गरेको आरोप छ । एकजना गाउँलेले शान्ति सुरक्षाभन्दा पनि दैनिक माग विधामा प्रसनि तल्लीन रहने गरेको आरोप लगाए ।

गाउँलेले पटेर्वासुगौली–१ मलोली टाँडीको एक होटलमा दैनिक जुवातास भइरहेको तर सो रोकथाममा प्रसनिले चासो नदेखाएको बताए । होटलका सञ्चालकसँग जुवातास खेलाउन छुट दिएबबापत आर्थिक सहयोग लिने गरेको आरोप छ । यसैगरी, राष्ट्रिय वन फँडानी रोकथामतर्फ प्रहरीले चासो नदिएको कारण यो क्षेत्रबाट पछिल्ला समयमा वन फँडानी बढेको छ ।

तर प्रसनि यावद भने आरोप निराधार रहेको बताउँछन् । उनले आफूविरुद्ध अफवाह फैलाएर बदनाम गराउने काम भएको भनी सफाइ दिए । उनले भने, "मैले कसैसँग केही मागेको छैन, आफ्नो कर्तव्यप्रति बफादार छु, कसैले आरोप प्रमाणित गर्छ भने जागीर छाडिदिन्छु ।"

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3