Menu

आजको मौसम

१२ लाख ३३ हजारको अवैध सामान नियन्त्रण

Author
Trilok Khabar |
August 05, 2024
Featured

वीरगंज, २१ साउन ।
जिल्ला प्रहरी कार्यालय, बाराले १२ लाख ३३ हजार बराबरको प्याज र मोबाइलको डिस्पले सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजले आइतवार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजमा वीरगंजबाट नारायणघढ जादै गरेको बा ३ ख ४९८६  नम्बरको यात्रीबाहक बसमा लोड गरिएको सात लाख ३३ हजार ५०० मूल्य बराबरको बिभिन्न किसिमका मोबाइलको डिस्पले ४८९ पिस नियन्त्रणमा लिएको छ ।
 
यसैगरी प्रहरी चौकी पथलैयाले आज बिहान जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकमा रौतहटबाट कास्की जादै गरेको प्र.२–०३–००१ ख ०९५६ नम्बरको ट्रकमा लोड रहेको एक हजार किलो प्याज (करीब पाँच लाख मूल्य बराबर) नियन्त्रणमा लिएको छ ।
 
बरामद सामान र ट्रक कारबाइको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3