Menu

आजको मौसम

सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा सचेतनामूलक कार्यक्रम

Author
Trilok Khabar |
August 07, 2024
Featured

वीरगंज, २३ साउन ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले बुधवार ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।
 
वीरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौकमा पैदल यात्री, साईकल चालकहरूलाई जेब्रा क्रसिङ गर्दा दायाँ बायाँ हेरेर मात्र बाटो क्रस गर्न, ट्राफिक संकेत, ट्राफिक लाईटको बिषयमा सम्झाई बुझाई सचेत गरिएको थियो ।
 
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह, सचिव कुलनारायण प्रधान, मधु सिहं राजपुत, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. राजु चौरसिया, प्र.ज. अबरेन रायलगायतले सर्वसाधारण बटुवाहरुलाई सचेत गराएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3