Menu

आजको मौसम

माट्रिका आई फाउन्डेशनले मंगलवार निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दै

Author
Trilok Khabar |
October 18, 2024
Featured

वीरगंज, २ कात्तिक ।
माट्रिका आई फाउन्डेशन आँखा अस्पतालले यही मंगलवार कात्तिक ६ गते निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दैछ । शिविरमा मोतियाबिन्दु भएका बिरामीहरुको पनि निःशुल्क अपरेशन गर्ने जनाएको छ ।  
बडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा माट्रिका आइ फाउन्डेशन आँखा अस्पतालले वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी मेनरोडस्थित अस्पताल परिसरमा मंगलवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म शिविरको आयोजना गर्ने जनाएको छ ।
आँखामा समस्या भएका, आँखाका उपचार गर्न असमर्थ रहेका गरीब, असहायहरुको निःशुल्क उपचारको साथै मोतियाबिन्दुको पनि निःशुल्क अपरेशन गर्ने अस्पतालले जनाएको छ । साथै शिविरमा औषधि पनि निःशुल्क वितरण गरिने अस्पतालले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3