Menu

आजको मौसम

डकैती र लूटपाट गर्ने हतियारधारी समूह सार्वजनिक

Author
Trilok Khabar |
November 29, 2024
Featured

जनकपुर,१४ मंसिर । महोत्तरीमा संगठित रूपमा डकैती र लुटपाट गर्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा लिएर पेसेवर रूपमा डकैती तथा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

प्रहरीले एक महिलासहित ६ जना लाई पक्राउ गरी सार्वजनिक गरेको हो । फरक फरक स्थानमा एउटै समूहले लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

भारत बिहार सितामाढी शिवनगर फुलहटा घर भई महोत्तरीको गौशालामा डेरा लिएर बस्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोद कुमार साह, सन्जु देवी साह लाई पक्राउ गरिएको छ । उनीहरू श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्न सितामाढी जानकीनगरका ५२ वर्षीय रन्धिर साह, सितामाढी विष्णुपुर बस्ने सुधिर भण्डारी, महोत्तरी गौशाला–९ बिशहरपुरका २८ वर्षीय ललन साह, गौशाला–६ फुलकाहाका २६ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक जैसवारले बताए । पक्राउ परेका आरोपितहरूसँगै लुटपाट गर्ने ४ जना भारतमा पक्राउ परेको जैसवारले बताए ।

लुटेरा समूहले महोत्तरीको औरही, गौशालाको निगौल, बटौवा, इमली बजार, रजखोरमा हातहतियार देखाएर लुटपाट गरेका थिए । लुटपाटमा संलग्न ६ जनलाई पक्राउ गरी प्रहरीले हातहतियार तथा खरखजनाना, चोरीरडाका (लुटपाट) र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।

प्रहरीले लुटेराहरूबाट विभिन्न स्थानबाट लुटपाट भएको मोबाइल, गहना लगायतका समानहरू समेत बरामद गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3