Menu

आजको मौसम

नेपाल पत्रकार महासंघमा निर्वाचित नेपाल पत्रकार मञ्चका सदस्यहरू सम्मानित

Author
Trilok Khabar |
December 23, 2024
Featured

काठमाडौँ/ नेपाल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष युवराज विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मत प्राप्त गर्न उम्मेदवारहरू बीच जे जस्तो प्रतिष्पर्धा भएपनि निर्वाचित भएपछि सिंगो संगठनको साझा अभिभावक बन्न निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सुझाव दिनुभएको छ ।

नेपाल पत्रकार महासंघको हालै सम्पन्न २७औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई नेपाल पत्रकार मञ्चले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष बिद्रोहीले निर्वाचित भएकाहरूलाई यस्तो सुझाव दिनु भएको हो।

अध्यक्ष विद्रोहीले महासंघको निर्वाचन ताका व्यवसायिक पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार मंचका उम्मेदवारहरू अरु कसैलाई हराउनलाई नभई आफू जित्नकालागि उम्मेदवार भई निर्वाचित भएको स्मरण गर्नु हुँदै निर्वाचित सबैले आफ्नो कार्यकालमा कसैलाई काखापाखा नगरी पत्रकारहरूको हकहितमा आवाज उठाउन सुझाव दिनु भयो।

नेपाल पत्रकार मञ्चकी सचिव मनुका कुँवर एसोसिएट तर्फबाट सर्वाधिक मतका साथ नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा मञ्चका सदस्य रोयल आचार्य नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश अध्यक्ष निर्वाचित हुनुभएको थियो । यसैगरी एशोशियट प्रदेशमा कोषाध्यक्ष राजेन्द्र प्रजापति तथा सदस्यहरुमा सन्तोष मिश्र, कमला नेपाल, सुवास पौडेल, धिरेन्द्र तिवारी, रौशन चौधरी, नबिन नर्सिंह नेपाली र सरोज बस्याल निर्वाचित हुनुभएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार मञ्चले बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

यस्तै, कार्यक्रममा विश्व हिन्दू महासंघको हालै जनकपुरमा सम्पन्न महासम्मेलनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएकी मञ्चकी सदस्य अस्मिता भण्डारीलाई पनि कदर पत्र, दोसल्ला एवं फूलमालाका साथ सम्मान गरेको छ भने राष्ट्रिय फोटो पत्रकार समूहको महासचिवमा निर्वाचित मञ्चका सदस्य घनश्याम श्रेष्ठलाई पनि सम्मान गरेको छ।

सोही कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्रमणि भट्टराईले नेपाल पत्रकार मञ्चका तर्फबाट पत्रकार महासंघमा निर्वाचित प्रतिनिधिहरुलाई बधाई एवं शुभकामना दिँदै जिम्मेवारीसँगै चुनौती र अवसर समेत प्राप्त भएको बताउनुभयो । उहाँले पत्रकार मञ्च व्यवसायिक पत्रकारिताको क्षेत्रमा क्रियाशील पत्रकारहरुको साझा मञ्च भएको बताउनुभयो ।

कार्यक्रम संचालन मंचका महासचिव विमल थापाले गर्नु भएको थियो भने सम्मानका क्रममा रिष्ठ पत्रकार मदन श्रेष्ठले खादा एवं वरिष्ठ पत्रकार योगेन्द्र प्रताप शाहीले माला लगाएर निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई शुभकामना दिनु भएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3