Menu

आजको मौसम

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा सम्पन्न

Author
Trilok Khabar |
January 26, 2025
Featured

वीरगंज, १३ माघ  । 'भन्सार प्रशासनको प्रतिबद्धताः दक्षता, सुरक्षा र समृद्धितफ' भन्ने नाराका साथ सप्ताब्यापी ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित एकीकृत जा"च चौकी (आइसिपी) मा सम्पन्न गरेको छ ।
समापन समारोहमा प्रमुख अतिथि पर्सा तथा स्थानीय राजस्व चुहावट नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, समितिका वरिष्ठ सदस्य तथा भन्सार विभागका उच्च अधिकारीहरू, स्थानीय प्रशासनका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, यातायात तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता निमित्त भन्सार प्रमुख रामप्रसाद पाठकले गर्नुभएको थियो । समापन समारोहमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार वितरण, खेलकुद तथा विविध सम्मान कार्यक्रमहरू सम्पन्न भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3