Menu

आजको मौसम

शुभलक्ष्मी ट्रेडर्समा अनुगमन

Author
Trilok Khabar |
January 23, 2025
Featured

वीरगंज, १० माघ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले वीरगंज वडा न. १६ नगवा स्थित बाईपासरोडमा रहेको शुभलक्ष्मी ट्रेडर्समा अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको नेतुत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले  अनुगमन गर्ने क्रममा शुभलक्ष्मी टे«डसबाट मिति उल्लेख नभएको पियुष गोल्ड ब्रान्डको धनिया ७००० किलो, ५५५ ब्रान्डको मेथी ६५१० किलो भेटिएपछि २४ घन्टाभित्र सोको कागजातसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएको छ । अनुगमन टोलीले तत्काल मेथी र धनिया बिक्री बितरणमा रोक लगाएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनुभयो ।
शुभलक्ष्मी ट्रेडर्स र शुभलक्ष्मी प्याकेजिङले गुजरातको उत्पादन भिक्टोरिया कम्पनीको जीरा, धनिया, मेथी, खुर्सानीको धूलो, सोपलगायत सामग्री आयात गरी आफ्नो उद्योगको ब्रान्डमा प्याकिङ्गमा बिक्री बितरण गर्दै आइरहेको थियो ।
आन्तरिक राजस्व कार्यालय पर्साका दीपेन्द्र कुमार झाले सो फर्मले राजस्व छलेको आशङ्का गर्दै कागजहरू झिकाएर अनुशन्धान गर्ने बताए ।
त्यसैगरी वीरगंज–१६ रजतजयन्ती चोकस्थित बाईपासरोडमा रहेको निर–जल प्रालिमा अनुगमन गरेको छ । अनुगमनको क्रममा गुणस्तरहिन पानी र जार नष्ट गरेको छ । आन्तरिक राजस्व कार्यालयले कागजात चेकजाच गर्दा पानी बिक्री बितरण गर्ने क्रममा बिलबिजक जारी नगरेको भेटिएपछि उद्योगलाई ५० हजार जरिवाना गर्दै आवश्यक कागजात र पानी प्रशोधन रिपोर्ट २४ घन्टा भित्र लिएर उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ कार्कीले जानकारी दिए ।
टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य निरीक्षक श्रवणकुमार साह, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनील चौरसिया, उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष अजय अधिकारी, आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत दीपेन्द्रकुमार झालगायतको सहभागिता थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3