Menu

आजको मौसम

वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा चारजना पक्राउ

Author
Trilok Khabar |
January 31, 2025
Featured

वीरगंज, १८ माघ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
वीरगंजको होटलमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा उनीहरू पक्राउ परेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । वीरगंज भन्सार नजिक रहेको होटलबाट उद्धार गरिएका दुई महिलाको बयानको आधारमा उनीहरू पक्राउ परेको प्रवक्ता भट्टले बताए ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १४ की ३८ वर्षीया मिराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका २ टिकुलियाकी ३२ वर्षीया सुक्रान्ती चौधरी, ओखलढुंगा देयाले गाउँपालिका ५ का ३३ वर्षीय दीपेश राई र भारत बिहार, छपराका ३५ वर्षीय मनेजर राय रहेका छन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भन्सारस्थित होटल स्वस्तिक र होटल रितेशबाट दुर्ई जना महिलाको उद्धार गरेको थियो । ती महिलाले दिएको बयानका आधारमा चार जना पक्राउ परेका हुन् ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन कसूर बमोजिम पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारबाई प्रक्रिया अघि बढाइएको जिप्रका, पर्साले जनाएको छ ।   

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3