Menu

आजको मौसम

बाराको फेटा गापामा निःशुल्क स्वास्थ्य शिविर

Author
Trilok Khabar |
February 01, 2025
Featured

वीरगंज, १९ माघ । वीरगंज आँखा तथा दाँत अस्पताल तथा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा शनिवार फेटा गाउँपालिका वार्ड–३ को स्वास्थ चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
फेटा गाउँपालिकाको सहजीकरणमा भएको शिविरमा २३७ जनाले निःशुल्क सेवा लिएका थिए । शिविरमा ७३ जनामा मोतियाबिन्दु भेटिएको र उनीहरुको वीरगंज आँखा तथा दाँत अस्पतालमा निःशुल्क सल्यक्रिया गरिने  तथा अस्पतालसम्म जानलाई निःशुल्क यातायातको व्यवस्था भएको अस्पतालको व्यवस्थापक आसीफ अलिले जानकारी दिनुभयो । शिविरमा आवश्यक परेको बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।  
कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष, अस्पतालकाा मेडिकल डाइरेक्टर डा चन्दन बनर्जी, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका प्रेसिडेन्टलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3