Menu

आजको मौसम

१०३ किलो गाँजासहितको ट्रक नियन्त्रण

Author
Trilok Khabar |
March 20, 2025
Featured

बारा,७ चैत ।  सशस्त्र प्रहरीले बाराबाट १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

पचरौता नगरपालिका–३ रामनगरबाट सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

बाराको रामनगरबाट कोतवाली जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीले चेक जाँच गर्दा चालक बस्ने सिटको वर्नरभित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको जनाएको छ ।
बरामद गाँजा तथा ट्रक आवश्यक अनुसन्धानका लागि सम्बन्धीत निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।  चालक फरार भएको उनले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3