Menu

आजको मौसम

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले बुझाए मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र

Author
Trilok Khabar |
March 31, 2025
Featured

वीरगंज, १८ चैत ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा अराजक समूहले सञ्चारकर्मीमाथि गरेको आक्रमण प्रति सरकारसँग गहिरो अनुसन्धान र दोषीहरूको कारबाई गर्न माग गरेको हो ।साथै, महासंघले मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारको उपचार र अन्य मुद्धाहरूमा चाँडो कारबाई नगरेको खण्डमा देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जराले भने, 'हामी सरकारसँग एक साताभित्रै यस मुद्दामा विश्वसनीय कदम उठाउने अपेक्षामा छौं । सरकारले हाम्रो माग सम्बोधन नगरेको खण्डमा हामी देशव्यापी आन्दोलनमा उत्रनेछौं ।प्रदर्शनमा पत्रकार सुरेश रजकको ज्यान गएको र अन्य सञ्चारमाध्यमहरू र पत्रकारहरूलाई लक्षित गरेर आक्रमण गरिएको घटनाले सञ्चार जगतमा त्रासको स्थिति सिर्जना गरेको छ । रजकले भिडियो खिच्ने क्रममा आगोमा जलेर ज्यान गुमाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3