स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

सिरहामा पत्रकारमाथि धरिलो हतियारले सांघातिक आक्रमण, प्रेस मञ्च नेपालद्वारा कारबाहीको माग

SHARE:

सितल साह ,सिरहा – सिरहामा पत्रकारमाथि धरिलो हतियार प्रयोग गरी भएको सांघातिक आक्रमणले सम्पूर्ण प्रेस जगत र सञ्चार क्षेत्रलाई स्तब्ध बनाएको छ। सिरहाका सक्रिय पत्रकार मुकेश यादवमाथि बिहीबार साँझ एक अपरिचित समूहले आक्रमण गरेपछि उनी गम्भीर घाइते भएका छन्। प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

घटनाको विवरण अनुसार, पत्रकार यादव बरियारपट्टी बजारबाट आफ्नो घर फर्किँदै गर्दा करिब साँझ ७ बजेतिर चार–पाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले हातहतियार सहित बाटो छेकेर उनीमाथि आक्रमण गरेका थिए। एक्कासी धरिलो हतियारसहित आक्रमण हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको छ। प्रारम्भिक उपचारका लागि सिरहा अस्पताल लगिए पनि अवस्था जटिल भएको कारण अहिले उनलाई प्रादेशिक अस्पताल जनकपुरधाममा सारिएको छ।



प्रेस मञ्च नेपाल मधेस प्रदेशका अध्यक्ष अभरेन्द्र कुमार यादवले विज्ञप्ति जारी गर्दै "पत्रकारमाथि यसरी बारम्बार भइरहेका आक्रमणहरू प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि सीधा हमला हुन्। पत्रकार लोकतन्त्रको मुख्य जग हुन्, उनीहरूमाथि हुने यस्ता आक्रमणहरू लोकतन्त्रकै उपहास हो।"

विज्ञप्तिमा थप भनिएको छ कि घाइते पत्रकार यादवको सम्पूर्ण उपचार खर्च सरकारद्वारा वहन गरिनु पर्नेछ र दोषीमाथि अविलम्ब कडा कानुनी कारबाही हुनुपर्नेछ। यदि यथाशीघ्र आवश्यक कारबाही तथा उपचारको व्यवस्था नगरिए प्रेस मञ्च नेपालले सशक्त आन्दोलनको मार्ग अँगाल्ने चेतावनीसमेत दिएको छ।

यस्तो घटना पुनः नदोहरिने गरि दोषीमाथि कडा कारबाही हुनु आवश्यक भएको मञ्चले बताएको छ। पत्रकार यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण सञ्चारकर्मी एकजुट भएर स्वतन्त्र प्रेसको पक्षमा उभिन मञ्चले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: सिरहामा पत्रकारमाथि धरिलो हतियारले सांघातिक आक्रमण, प्रेस मञ्च नेपालद्वारा कारबाहीको माग
सिरहामा पत्रकारमाथि धरिलो हतियारले सांघातिक आक्रमण, प्रेस मञ्च नेपालद्वारा कारबाहीको माग
https://blogger.googleusercontent.com/img/a/AVvXsEivLFDCipkoeOKSq_m1EFrfArUFAUOVuDzISWUIrhQ5epPvc9EEkjb3m98zmsmBg5H5Sg7akxFS6xnnT5XiPBWbQGPzBjZMgqnc_uXeXY8lJeXM8AJpXIENJGZgXVkFFukpn0hLT7DV1JcmaBeMBrkc5m1ELZvAYlSamuDhTcOPc8tjxiKUeXKsvAfl2TeS=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEivLFDCipkoeOKSq_m1EFrfArUFAUOVuDzISWUIrhQ5epPvc9EEkjb3m98zmsmBg5H5Sg7akxFS6xnnT5XiPBWbQGPzBjZMgqnc_uXeXY8lJeXM8AJpXIENJGZgXVkFFukpn0hLT7DV1JcmaBeMBrkc5m1ELZvAYlSamuDhTcOPc8tjxiKUeXKsvAfl2TeS=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2025/04/blog-post_5.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2025/04/blog-post_5.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content