स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पत्रकार महासंघको भवन निर्माणमा वकिल समूहद्वारा अवरोध, आधा दर्जन पत्रकार घाइते

SHARE:

जनकपुरधाम  २७ साउन  । नेपाल पत्रकार महासंघ, मधेस प्रदेशको स्थायी कार्यालय भवन निर्माणका लागि तयारी भइरहेको जग्गामा मंगलबार केही वकिलहरूको समूहले जबरजस्ती अवरोध पुर्‍याएको छ। गुठी संस्थानसँग विधिवत रूपमा लिज सम्झौता गरिएको जग्गामा तारबार लगाउने काम भइरहेका बेला वकिलहरूले बल प्रयोग गरी काम रोक्न खोज्दा झडप भएको हो। यस घटनामा महासंघका अध्यक्ष श्याम बन्जारासहित आधा दर्जन पत्रकार घाइते भएका छन्।

महासंघका पदाधिकारीका अनुसार, धनुषा जिल्लाको जनकपुरधाममा रहेको गुठीको ४ कठ्ठा जग्गा महासंघलाई भवन निर्माणका लागि लिजमा दिइएको थियो। सोही जग्गामा तारबार लगाउन महासंघका पदाधिकारी र सदस्यहरू बिहानैदेखि उपस्थित थिए। अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो 'क्रान्ति', सचिव हदिस खुदार लगायतको उपस्थितिमा तारबारको काम भइरहेको थियो।

यसै क्रममा, कुनै आधिकारिक आदेश वा कानुनी प्रक्रियाबिना नै वकिलहरूको एक समूहले काम रोक्न खोजेको महासंघले जनाएको छ। महासंघका पदाधिकारीले कानुनी प्रक्रिया पूरा गरी सम्झौताका कागजातसहित काम गरिरहेको बताउँदै वकिलहरूबाटै कानुनको उल्लङ्घन हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

झडपका क्रममा महासंघ प्रदेश अध्यक्ष बन्जारा, महिला उपाध्यक्ष झा, महासचिव महतोसहित आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

महासंघले वकिलहरूको यो कार्यलाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको हक–अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ। घटनाबारे महासंघले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ। यस कार्यको स्थानीय सञ्चारकर्मी र सामाजिक अगुवाहरूले समेत विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,61,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पत्रकार महासंघको भवन निर्माणमा वकिल समूहद्वारा अवरोध, आधा दर्जन पत्रकार घाइते
पत्रकार महासंघको भवन निर्माणमा वकिल समूहद्वारा अवरोध, आधा दर्जन पत्रकार घाइते
https://blogger.googleusercontent.com/img/a/AVvXsEhQEOsYJ-dKgV-zbh6K8KEzaLIvYw8sQTrjD8KaHhvqIZb1Cp0wre8gwuB5ZiOg9N2u3W-eTDUyzvILgv-RYyMh5_G5ZTnVskV6_bmCVD5ov-dVSa-Ue22b0ihCP8os_5VHqFsnOU-ctMt8qOc6fmKZ4ZbUyUZIx2YnRa2rR_ok5O7NHs412dC9uniK9hP1=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhQEOsYJ-dKgV-zbh6K8KEzaLIvYw8sQTrjD8KaHhvqIZb1Cp0wre8gwuB5ZiOg9N2u3W-eTDUyzvILgv-RYyMh5_G5ZTnVskV6_bmCVD5ov-dVSa-Ue22b0ihCP8os_5VHqFsnOU-ctMt8qOc6fmKZ4ZbUyUZIx2YnRa2rR_ok5O7NHs412dC9uniK9hP1=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2025/08/blog-post_12.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2025/08/blog-post_12.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content